Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ ०९ गते, बिहान ८:०८ बजे काठमाडौँ - KTM, समाज

तातोपानी नाका २० दिनका लागि बन्द

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ९, काठमाडौं । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ । नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो ।

चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ । चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । चीनबाट आयातै नभएपछि मर्मत अवधिभर व्यापारिक कारोबार पनि नहुने उनले जानकारी दिए ।

गएको बर्खामा भोटेकोसीमा आएको बाढीले क्षति गरेको मितेरी पुलको मर्मत थालेको चीनले जानकारी दिएको छ । बाढीले पुलका दुई स्थान (पिलर) का जग केही खोतलेको थियो । त्यही खोतलेको जग पुर्न चीनले आयात बन्द गरेको प्रमुख खत्रीले बताए ।

पुल निर्माण भएको डेढ वर्षमा नै चीनले मर्मत थालेको हो । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो ।

आजको नागरिक दैनिकमा समाचार छ ।