Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

२४ घण्टामा २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १४, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई सय ८३ जनामा कोरोना भाइरसको  सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा चार हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७० हजार तीन सय ७५ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ५९ पुगेको मन्त्रालयले जनाएको छ । 

यस्तै थप तीन जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार २० पुगेको छ । अहिले नेपालमा तीन हजार दुई सय ८६ जना आइसोलेशनमा रहेका छन् ।