Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

भारतीय नागरिकले नेपाल आउन गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १६, काठमाडौँ । सरकारले आजबाट नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै दुवै देशका नागरिकले आवतजावत गर्न पाउने भएका छन् । नेपाली नागरिकले सहज रूपमा प्रवेश पाउने भए पनि भारतीय नागरिकले नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार भारतीय नागरिक के प्रयोजनका लागि नेपाल आउने हो, सबै कारण खुलाएर गृहको स्वीकृतिपछि मात्रै प्रवेश पाउनेछन् । सरकारको निर्णयपछि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।

सरकारले कोरोनाभाइरसको जोखिम नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयमा नाका बन्द भए पनि आवतजावत भने हुँदै आएको थियो ।