Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ १८ गते, बिहान ९:१९ बजे
काठमाडौँ - KTM

१० लाख रुपैयाँसहित विमानस्थलबाट एक जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कलंकीका आषिश खाती क्षेत्री रहेको प्रहरीले जनाएको छ । 

नेपाल एयरलाइन्सको विमानमार्फत दुबई जान लागेका उनले बोकेको ह्याण्ड ब्याग चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्घोष नभएको १० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । 

उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।