Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ १९ गते, बिहान ८:२४ बजे
काठमाडौँ - KTM

झापामा घरभित्रै जलेर मृत्यु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १९, झापा । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आज बिहान १ः५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए ।

आगलागीमा परी एउटा गाई, दुइटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन् । 

आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो र आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।