२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विसं २०७८ का लागि १४ पात्रो प्रकाशन स्वीकृति

२०७७, २० माघ मंगलवार १२:०८

माघ २०, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७८ का लागि १४ पात्रो (पञ्चाङ्ग) लाई प्रकाशन स्वीकृति दिएको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग, आकाश दर्शन पञ्चाङ्ग, बगलामुखी पञ्चाङ्ग, शुभ पञ्चाङ्ग, बाबा गोरखनाथ पञ्चाङ्ग, कीर्ति पञ्चाङ्ग, सिद्धि पञ्चाङ्ग, खप्तड तारानाथ पञ्चाङ्गलाई स्वीकृति दिइएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

 विगत वर्षमा पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्न समस्या भएकाले काममा ढिलाइ भएको थियो । ढिलो गरी काम शुरु गरिरहेका बेला मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेपछि काम गर्ने कि नगर्ने अलमल भएकाले पनि अर्को तीन हप्ता ढिला भएको उहाँले जानकारी दिनुभयो । 

पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । विसं २०७० मा वर्तमान समितिलाई गठन आदेश स्वीकृत नभएसम्मका लागि काम गर्नु भनी नियुक्तिपत्र दिइएको अध्यक्ष एवं धर्मशास्त्रका जानकार प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यही पत्रका आधारमा पुस २१ पछि समितिको काम ठप्प भएको थियो । माघ पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरीय निर्णय गरी अर्को समिति गठन नभएसम्म विसं २०७८ को पात्रो प्रकाशन र नियमित काम वर्तमान समितिबाटै चलाउने निर्णय गर्नुभएको पत्र पुगेपछि फेरि काम शुरु भएको थियो ।

 समितिले सकेसम्म श्रीपञ्चमी नसके प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गतेसम्म पात्रो प्रकाशन गरिसक्ने जनाएको छ । १४ वटा पात्रोलाई प्रकाशनका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय भए पनि पञ्चाङ्गभित्र राखिने सामग्रीका बारेमा अहिले पनि छलफल चलिरहेको छ । पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । 

पछिल्लो समय सामान्य मानिसले पनि बुझ्न भनी घडीपलालाई बजेमा रुपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ । यस वर्ष समितिले पनि आधिकारिक पञ्चाङ्ग निकाल्ने भएको छ । पञ्चाङ्गलाई स्वीकृति दिएपछि समितिको आधिकारिक पञ्चाङ्गका बारेमा मन्त्रालयमा छलफल गरी काम अघि बढाइने जनाइएको छ । 

मन्त्रालयले यस वर्ष समितिको आधिकारिक पञ्चाङ्ग निकाल्न पनि बजेट विनियोजन गरेको छ । आगामी वर्षदेखि समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भएको छ । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो ।

 सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष गौतमले बताउनुभयो । अन्य भित्तेपात्रो पात्रो सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल शुरु भएको समितिले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली