२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज देखि दोश्रो चरणको कोरोना बिरुद्ध खोप अभियान सुरु,क-कसले पाउँछन् ?

२०७७, २६ माघ सोमबार ०९:११

माघ २६, काठमाडौँ । नेपालमा सोमबारदेखि दोश्रो चरणको खोप अभियान सुरु गरिएको छ । यसअघि पहिलो चरणमा उच्च जोखिममा खटिने स्वास्थ्यकर्मी,सरसफाईकर्मीलाई कोरोना बिरुद्धको खोप दिइएको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँचदिनका लागि कोभिड-१९ विरुद्धको खोप “कोभिशिल्ड" लगाउने भएको हो ।  

संचारकर्मीहरुका लागि निजामती कर्मचारी अस्पताल, मिनभवन तोकेको छ भने,यु.एन. एजेन्सीहरूमा कार्यरत तथा विदेशी कर्मचारीका हकमा आश्रित कर्मचारीहरू समेतका लागि पाटन अस्पताल तोकेको छ । यस्तै राजदूतावास तथा कुटनैतिक नियोगमा कार्यरत व्यक्तिहरू तथा विदेशी कर्मचारीहरूको हकमा आश्रितहरू समेत त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्ज तथा शहिद गंगालाल अस्पताल, बाँसबारीमाबाट खोप लगाउन सक्ने छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ २५ गते नेपाल सरकार (सचिवस्तर) को निर्णयानुसार खोप दिने व्यवस्था गरेको हो । लक्षित वर्गमा परेका काठमाडौं उपत्यका भित्र रहेका निकाय/ व्यक्तिहरुले सरोकारवाला सूचना, संचार तथा प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालय मार्फत खोप सचिवालय, स्वास्थ्य सेवा विभाग, टेकुमा सम्पर्क राखेर खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गरेको  छ ।

काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लाहरूका हकमा अर्को सूचना प्रकासन गरिने मन्त्रालयले जनाएको छ ।


No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज