२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ महामारीले सीमा नीतिलाई पुनर्विचार गर्न सुझाएको छ : गृहमन्त्री थापा

२०७७, २६ माघ सोमबार १५:४१

 माघ २६, काठमाडौँ (रासस) । गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ महामारीले अन्तर्राष्ट्रिय सीमासम्बन्धी नीतिलाई पुनर्विचार गर्न झक्झक्याएको बताउनुभएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु विषयक दुई दिवसीय गोष्ठी समापन समारोहमा उहाँले सीमालाई अझ बढी नियन्त्रित र नियमन गरिनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा जङ्गीअड्डा र सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा आयोजित उक्त गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्नुभएको थियो । 

आन्तरिक छलफल र विज्ञबाट प्राप्त सुझावले सुरक्षासम्बन्धी नीति निर्माण र सीमा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव प्रस्तुत गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो ।

सो अवसरमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले सीमा सुरक्षालाई थप प्रभावकारी तुल्याउन विभिन्न विषयमा आधारित भई गरिएको कार्यक्रमले सीमा सुरक्षासँग सम्बन्धित सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेटेर सुझाव र निष्कर्ष प्रस्तुत भएको बताउनुभयो ।

शान्ति, द्वन्द्व र असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्ष र सम्बद्ध  विभिन्न निकायको भूमिकाका  विषयमा केन्द्रित रही कार्यक्रममा बृहत्तर र गहन छलफल भएको बताइएको छ । पहिलोपटक आयोजना गरिएको उक्त गोष्ठीबाट प्राप्त निष्कर्ष सीमा व्यवस्थापनका लागि अत्यन्तै महत्वपूर्ण दस्तावेजका रुपमा रहनेछ । 

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षा र सरकारले उच्च प्राथमिकतामा राखेका विषयलाई चुस्त र थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, संशोधन, परिमार्जन एवं सुरक्षा व्यवस्थापनको व्यावहारिक पक्षलाई समेटेर समाधानका उपायका लागि सुझाव पेश गर्न आयोजित कार्यक्रम निकै फलदायी साबित भएको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सबै मन्त्रालय र निकायका विशिष्ट श्रेणीका अधिकृत र उच्च  सैनिक अधिकृत सहभागी हुनुुुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने