Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ २७ गते, बिहान ११:५४ बजे
काठमाडौँ - KTM

भिषा लगाई दिने भन्दै नक्कली भिषा पठाई सामाजिक संजालबाट ठगि गर्ने पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २७, काठमाडौँ । सामाजिक संजाल फेसबुक,ह्वाट्स एप,इमो,फेक मेल बनाएर ठगि गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ का ३० बर्षिय पंकज पौडेली पक्राउ परेका हुन् । 

उनलाई आइतबार झापाको बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनले सामाजिक संजालबाट सिंगापुर,लण्डन,कोरियाको नागरीक हुँ भन्दै रोजगारीको लागि भिषा लगाईदिने भन्दै नक्कली भिषा पठाएर रकम असुल्ने गरेको पाइएको छ ।

यस्तै नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको,गिफ्टको सामानहरु प्राप्त गर्नको लागि भन्सार शुल्क तिर्नु पर्छ भनेर विभिन्न व्यक्तिहरुबाट २६ लाख ८० हजार २ सय ७१ रुपैयाँ ति व्यक्तिले पठाउन लगाएको प्रहरीको भनाई छ । 

अनुसन्धानको क्रममा उनको मोबाईबाट रु १,९५,१२,३५२।(एक करोड पन्चानब्बे लाख बाह्र हजार तिन सय बाउन्न रुपैया) बिभिन्न व्यक्तिहरुबाट प्राप्त गरेको रेकर्ड समेत फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट १३ लाख ९५ हजार २ सय नगद,२ थान मोबाइल तथा विभिन्न कागजात बरामद गरिए छ । 

उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।