Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ २७ गते, दिउँसो १२:४७ बजे
काठमाडौँ - KTM

महाकाली नदीमा फसेका १६ जना नेपालीको उद्दार

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २७, कन्चनपुर । महाकाली नदीमा फसेका १६ जना नेपालीको सकुशल उद्दार गरिएको छ। कन्चनपुरको भीमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्दार गरेको हो ।

मलामी गएका उनीहरु महाकाली नदीमा एक्कासि पानी बढेपछि टापुमा फसेका थिए । भारतले टनकपुर पावर हाउसको पानी बिनासूचना महाकाली नदीमा छोडेपछि पानीको मात्रा एक्कासि बढेको थियो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरूको सकुशल उद्दार गरेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।