२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हराएको २५ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

२०७७, २७ माघ मंगलवार १५:४४

माघ २७, काठमाडौँ (रासस) । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।

महाशाखामा आज आयोजित एक समारोहका बीच प्रमाणपत्रको आधारमा सम्बन्धित धनीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीले विशेष अपरेशन टोली नै परिचालन गरी खोजी अभियान चलाउँदै आएको छ ।

सोही क्रममा विभिन्न क्षेत्रबाट मोटरसाइकल फेला पारी चोरीमा संलग्न मानिससमेत पक्राउ गरिएको महाशाखाका प्रमुख जनभ भट्टराईले बताउनुभयो ।

महाशाखाको सादा पोशाकको टोलीले गोकर्णेश्वरबाट चोरी भएको मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका–८ का विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । मिजारले गीतराज पाख्रिनको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको पाइएको छ । 

उपत्यकाका बालाजु, टोखा, सात दोबाटो, माछापोखरी, मूलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्ज, कलङ्कीलगायत स्थानबाट मोटरसाइकल फेला फेला पारेर आज हस्तान्तरण गरिएको हो ।

सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताउनुभयो ।

उहाँले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायतका उपकरण जडान गर्नसमेतसुझाव दिनुभभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ