Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ ३० गते, बिहान ६:०३ बजे
काठमाडौँ - KTM

नेपालमा पश्चिमी वायुको प्रभाव : हिमपातको सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ३०, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशको सुदुरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । आईतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।