Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख १२ गते, राति २:३० बजे
काठमाडौँ - KTM

सगरमाथामा भुइँचालो जाँदा…

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख १२, काठमाडौं । दिन मध्य हुँदै थियो । उनीहरू भर्खर क्याम्प २ पुगेका थिए । अचानक ठूलो हावाहुरीसहित हिमपात भयो । ढुंगाहरू बर्सिन थाले  । टेन्टभित्र बसेका उनीहरू आत्तिए ।

ठाने– पक्कै डरलाग्दो हिमपहिरो गयो । सन् २०१५ अप्रिलको घटना हो यो । २२ वर्षीय अनिश लुइँटेल पहिलोपटक सगरमाथा यात्रामा थिए ।

झापाका उनी सिंगो जिल्लाको प्रतिनिधित्व गरेर सर्वोच्च चुचुरो चुम्ने अभियानमा थिए । उनीसहित भारत, अस्ट्रेलिया, बेल्जियमका १६ जनाको टोली थियो । हुँदाहुँदै टेन्ट नै हल्लिन थाल्यो ।

केही बेरमा डाँडै हल्लिएको महसुस भयो । यति बेला टोलीका हरेक सदस्यको मुहारमा डरबाहेक केही थिएन ।

‘एक छिन त डाँडाले झरेर किच्छ कि जस्तो फिलिङ आयो, बेस्सरी हल्लायो,’ अनिशले भने । हावा र हिमपातका कारण उनीहरू लामै समय टेन्टभित्र अड्किए । भोलिपल्ट मौसम केही सफा भयो ।

सबै जना क्याम्प १ फर्किए । उनीहरूले बल्ल थाहा पाए– हिमपहिरो मात्र होइन, शक्तिशाली भुइँचालो नै गएको रहेछ । हिमपहिरोमा परेर १० नेपालीसहित २२ जनाले ज्यान गुमाइसकेछन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।