२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा फैलिएको नयाँ कोरोनाको लहर डरलाग्दो हिसाबले फरक

२०७८, १८ बैशाख शनिबार ०२:१२

बैशाख १८, काठमाडौं । यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो। यीमध्ये अधिकांश चिकित्सकमा सामान्य लक्षण देखिएको थियो तर यो घटनाले भारतमा दोस्रो लहर ल्याउन जिम्मेवार भाइरस फरक छ भन्ने आशंकालाई पुष्टि ग¥यो।

प्रतिरक्षा प्रणालीलाई समेत छक्याइरहेको भाइरसको यही प्रजातिले भारतमा महामारी तीव्र बनाएको चिकित्सकको तर्क रह्यो। तर हालसम्म देखिएका प्रमाण निर्णायक छैनन् र अनुसन्धानकर्ताले अन्य कारण पनि यो महामारीका लागि जिम्मेवार हुन सक्ने बताएका छन्।

महामारीले नयाँ दिल्लीको स्वास्थ्यसेवा प्रणाली तहसनहस पारेको छ भने शवदाहगृहमा लगातार चाप बढ्दो छ। यसो हुँदाहुँदै पनि यही भेरियन्टले महामारी नियन्त्रणलाई जटिल बनाइदिएको छ।  

‘कोभिड–१९ को यो लहरमा भाइरसको फरक क्लिनिकल व्यवहार देखिएको छ,’ सर गंगाराम अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा। संजय साद भन्छन्। उक्त अस्पतालमा कार्यरत २ जना संक्रमित चिकित्सकलाई निको पार्न अतिरिक्त अक्सिजन दिनुपरेको थियो। ‘पछिल्लो महामारीले युवालाई असर गरेको छ, पूरै परिवारलाई असर गरेको छ। यो समग्रमा नौलो कुरा हो। यहाँसम्म कि २ महिनाका बालबालिकामा पनि संक्रमण देखिएको छ,’ डा। साद भन्छन्।  

भारतमा महामारी झन् उग्र हुँदैछ। बिहीबारमात्रै ३६ सयको मृत्यु भएको छ। भारतमा कुल मृतकको संख्या २ लाख नाघेको छ। विज्ञले मृतकको संख्या अझ बढी हुनसक्ने बताउँदै आएका छन्। भारतमा दैनिक संक्रमण ३ लाख ८० हजार नाघेको छ।  

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा