Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख २० गते, बिहान ८:११ बजे काठमाडौँ - KTM, समाज

पीपीईले छोपेको पीडा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २०, काठमाडौं । कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जाँगरै थिएन ।

महिनावारी भएकाले सेनेटरी प्याड लगाउनुपर्ने बाध्यता थियो । त्यसमाथि पीपीई थपिँदा शरीर बाफिएर उकुसमुकुस हुन्छ । तर पीपीई नलगाए महामारीको सिकार हुने डर छ ।

पीपीई लाउनै पर्‍यो । यहाँ दिनहुँ संक्रमित थपिँदै छन् । सबैले सहज उपचार नपाउने समस्या छ । त्यसैले उनी नयाँ वर्षदेखि बिदा नबसी खटिएकी छन् । प्रीति शनिबार रात्रि ड्युटीमा खटिइन् । उनीसँगै स्टाफ नर्स कमला नेपाली, सुनीता साहकारी, निशा पुन, यमकुमारी थापा कोरोना संक्रमितको पलपलको अवस्था बुझ्दै हेरचाहमा खटिएका थिए ।

उनीहरूका अनुसार एक जनाले ३०र४० जना बिरामीलाई औषधि खुवाउनुपर्छ । दबाइ खुवाएर मात्रै कहाँ सुख पाउनु १ बिरामीको छटपटीले मन पोल्छ । पीपीईभित्रको गर्मी त छँदै छ ।

वार्डबाट बाहिर निस्किएपछि उनीहरूले ठूलो युद्ध जितेजस्तो महसुस गर्छन् । त्यो अनुभूति क्षणिक हुन्छ । उनीहरूलाई शनिबार अन्य दिनभन्दा धपेडी भयो । नयाँ सिफ्टका साथीहरू आउन ढिला गरेपछि पीपीई खोलेर बस्न सक्ने अवस्था रहेन ।

औषधि खुवाएर वार्ड बाहिर अस्पतालको छेउमा राखिएको सोफामा तीन जना नर्स लस्करै थकान मेट्दै थिए । त्यही बेला खिचेको तस्बिर शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बन्यो । तस्बिर कसले खिच्यो रु नर्स यमकुमारीलाई अलिअलि याद छ ।

थकाइले आँखा खुल्न सकेका थिएनन् । अस्पतालमा चेकअप राउन्डमा आएका चिकित्सक चन्द्रप्रकाश साहुले ‘तिमीहरूको फोटो खिच्दिऊँ’ भन्दै जिस्काएका थिए । ‘फेरि हामी भाइरल हौंला है’ भन्दै कोही हाँसेको थियो ।

बर्दियाकी प्रीति घरबाटै आउजाउ गर्छिन् । अस्पतालमा बस्ने ठाउँ छैन । परिवारसित ‘पराई’ भएर बस्नुपरेको छ । अरूलाई कोभिड सर्न सक्ने भएकाले उनी घर गए पनि छुट्टै बस्छिन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।