Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख २० गते, दिउँसो १:४७ बजे काठमाडौँ - KTM, समाज

सङ्ख्यासँगै दायरा बढाउँदै दोस्रो लहरको कोरोना

By साझासवाल 17 मिनेट पढाइ

पढ्न करिब 7 मिनेट लाग्छ
प्रकाशित:

नारायण ढुङ्गाना । वैशाख २०, काठमाडौं । वैशाखको पहिलो साता बागलुङको बलेवास्थित नारायणस्थानको एक विद्यालयमा ठूलो सङ्ख्याका विद्यार्थी र शिक्षकमा एक्कासी कोभिड–१९ देखिएको खबर आयो ।

सङ्क्रमणको जालो च्यात्न तत्कालै त्यहाँको स्थानीय प्रशासनले स्कुल र स्कुलसँग जोडिएको परिवार बसोबास गर्ने क्षेत्र तोकेर वैशाख ७ गते निषेधाज्ञा नै जारी गर्यो । बागलुङ्का प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की उक्त घटना स्मरण गर्दै भन्नुहुन्छ, “हामीले ‘चेन ब्रेक’ गर्न तत्कालै उक्त निर्णय गरेका थियौँ, त्यो सफल भएको अनूभूति पनि छ ।” उहाँका अनुसार अहिले जिल्लामा सक्रिय सङ्क्रमित १०९ जना छन् । ती विद्यार्थीमध्ये धेरै निको भएर घर गएसकेका छन् ।

बागलुङपछि कालिकोटमा वैशाख ९ गते एक जनामा सङ्क्रमण देखियो । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गर्दा १० गते थप चार जनामा देखिएपछि सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को अधिकार प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले क्षेत्र तोकेर हिँडडुल गर्न  नपाउने गरी आदेश जारी गर्नुभयो । उक्त अधिकार वैशाख ६ गते बसेको मन्त्रिपरिषदको निर्णयले प्रजिअलाई दिइसकेको थियो ।

त्यसबेलासम्म मुलुकका अन्य केही जिल्लामा सङ्क्रमितहरु बढ्दै थियो । भारतमा भयावहस्थिति आइसकेकाले त्यहाँबाट फर्किएका मानिस विना परीक्षण गाउँगाउँ पुगिरहेका थिए । विडम्बना के छ भने उनीहरुबाटै नेपालमा यो भाइरस फैलिन पुगेको जनस्वास्थ्यविद् बताउँछन् ।

त्यसको दुई हप्ता पुग्दै आजसम्म ४१ जिल्लामा निषेधाज्ञ जारी भइसकेको छ । यो क्रम दैनिक बढिरहेको छ । आदेश जारी भएका जिल्लामा अत्यावश्यक बाहेककका सेवा र गतिविधि गर्न पाइँदैन । यसो गर्दा सङ्क्रमण फैलिनबाट रोकिएर ‘चेन ब्रेक’ हुन्छ भन्ने विश्वास छ ।

मुलुकमा नयाँ भेरियन्टसहित दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणमा भइरहेको भारी वृद्धिसँग यसको क्षेत्र पनि विस्तार भइरहेको हाल जारी गरिएको निषेधाज्ञले पुष्टि गर्छ ।

स्वास्थ्य विज्ञले छिटो गतिमा सङ्ख्या र क्षेत्र विस्तार भइरहेको बताएका छन् । शुरुवाती चरणमा शहरबजारमा बढी सङ्क्रमित देखिएकामा अहिले भित्र बजार तथा गाउँगाउँमा समेत देखिन थालेकाले जोखिम बढ्दै गएको छ । जसका कारण अहिले अस्पतालमा आइसियु, भेन्टिलेटर र अक्सिजन पाउन समेत समस्या भइरहेको छ । वर्तमान विषम परिस्थितिमा बढ्दो जोखिमको आँकलन गरेर उपयुक्त आदेश जारी गर्दै नियन्त्रणमा खटिन ७७ वटै जिल्लालाई निर्देशन दिइसकिएको गृह मन्त्रालयलका प्रवक्ता जनकराज दाहाल बताउनुहुन्छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिइसकेको छ ।

नेपालमा विसं २०७७ फागुनपछि विस्तारै दोस्रो लहरको सङ्क्रमणले गति लिएको थियो । चैतको अन्तिमसम्म केही सय सङ्क्रमित देखिएकोमा वैशाखको पहिलो साताबाट एक्कासी बढ्न थालेको हो ।

“सङ्क्रमित सबै जिल्लामा देखिएका छन् तर एक्कासी सङ्क्रमित बढ्ने क्षेत्र पनि विस्तार भइरहेको छ”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भन्नुभयो, “विस्तारै गाउँगाउँ र भित्री शहरमा बढ्दो छ ।” उहाँले सङ्ख्यासँगै त्यसको दायरा पनि बढ्दै गएकोे बताउनुभयो ।

वैशाख १३ गतेदेखि भने धमाधम प्रजिअबाट निषेधाज्ञा जारी गर्ने क्रम ह्वात्तै बढ्यो । बाँकेको नेपालगञ्ज नराम्ररी प्रभावित भएपछि १३ गतेबाटै लागू हुने गरी निषेधको आदेश जारी गरिएको थियो । सुर्खेतमा १४ गते रातीबाट आदेश जारी भयो । वैशाख १६ गतेबाट काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरे । आइतबार विहानसम्म यसरी आदेश जारी गर्ने जिल्ला ४१ वटा पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शनिबारसम्मको अभिलेख अनुसार प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, वागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमित छन् ।

यस्तै २०० भन्दा माथि सक्रिय सङ्क्रमित रहेका जिल्लामा प्रदेश १ को सुनसरी र झापा, प्रदेश २ को बारा, धनुषा र रौतहट, वागमती प्रदेशको मकवानपुर, काभ्रेपलाञ्चोक र नुवाकोट, गण्डकी प्रदेशको गोरखा, नवलपरासी पूर्व र बाग्लुङ, लुम्बिनी प्रदेशको पाल्पा, बर्दिया, कपिलवस्तु र नवलपरासी पश्चिम तथा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर छन् । यी दुई सय सक्रिय सङ्क्रमित रहेका जिल्लामा क्रमश ५०० माथि पुग्ने क्रम जारी छ भने २०० भन्दा कम सक्रिय सङ्क्रमित रहेका जिल्लामा पनि क्रमश वृद्धि भइरहेको छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठका अनुसार पछिल्लो तथ्याङ्कले नेपालमा २२८ प्रतिशतले सङ्क्रमण वृद्धि भइरहेको देखाएको छ । यो गति विश्वका अन्य मुलुकको भन्दा उच्च हो र भारतको भन्दा बढी हो, भन्नुहुन्छ श्रेष्ठ । विज्ञहरु नागरिक आफैँ सचेत नहुने हो भनेस्थिति थेग्न गाह्रो हुने आँकलन गर्न थालिसकेका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति नै जारी गरेर अस्पतालले थेग्न नसक्ने अबस्था आउन लागिसकेको भन्दै चेतावनी दिइसकेको छ ।

मुलुकमा शनिबारसम्म तीन लाख २८ हजार ८९३ जना सङ्क्रमित भएकामा दुई लाख ८२ हजार निको भएर घर फर्किएका छन् । निको हुने दर झण्डै ८६ प्रतिशत छ । यो प्रतिशत पछिल्लो समयमा घट्दो क्रममा रहेको छ । हालसम्म झण्डै तीन हजार ३०० को मृत्यु भइसकेको छ ।

विश्वमा भने १५ करोड २० लाख बढी सङ्क्रमित भएकामा झण्डै ३२ लाखको मृत्यु भइरहेको छ । हाल झण्डै दुई करोड सक्रिय सङ्क्रमित छन् ।

नेपालमा सङ्क्रमणको शुरुआत

चीनको वुहान नै कोभिड १९ सङ्क्रमणको मुहान मानिन्छ । त्यहाँबाट  आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड– १९ पुष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते उक्त भाइरस रहेको पुष्टि गरिएको थियो । पुष्टि गर्न विश्वस्वास्थ्य सङ्गठनको हङ्कङस्थित प्रयोगशालामा परीक्षण गराउनु परेको थियो ।

त्यसपछि फ्रान्सबाट कतारको दोहो हुँदै नेपाल आएकी युवतीमा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो । उहाँ चैत ४ गते नेपाल आउनुभएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको थियो ।

पहिलोपटक चीनको वुहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि भने नेपालमा फैलिएको हो । सङ्क्रमणको जोखिम बढेपछि मुलुकमा २०७६ चैत १० बाट हवाई उडान बन्द र ११ गतेबाट बन्दाबन्दी जारी गरी नियन्त्रणको प्रयास भएको थियो ।

विसं २०७७ साउन सात गतेबाट बन्दाबन्दी हटाइएको थियो । त्यसपछि सम्बन्धित जिल्लाबाट निषेधको आदेश जारी गरी नियन्त्रणको प्रयास गरिएको थियो । सोही प्रक्रियाद्धारा अहिले पनि नियन्त्रण प्रयास जारी छ ।

सन् २००२ मा चीनमा सार्स कोरोना देखिएको थियो । त्यसको पुष्टि २००३ मा डब्लुएचओले ग¥यो । त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकामा ७७४ को मृत्यु भएको थियो । सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको सङ्क्रमण हुँदा मृत्युदर ३५ प्रतिशत थियो । सार्सको मृत्युदर १० प्रतिशत थियो । सन् २०१५ मा दक्षिण कोरियामा पनि देखिएको थियो । अहिलेको मृत्युदर भने तीन प्रतिशत रहेको यसअघि नै विश्वस्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको थियो ।

कोरोनाको असर र सावधानीका उपाय

कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ । नयाँ भाइरस भएकाले खास उपचार विधि पत्ता लागिसकेको छैन । शुरुवाती चरणको भन्दा अहिलेको सङ्क्रमण कडा खालको र बढी फैलने रहेको चिकित्सकले बताएका छन् ।

यसको निदानका लागि अहिले पनि विश्वका वैज्ञानिक औषधिको खोजीमा लागिरहेका छन् । कतिपय खोप प्रयोगमा समेत आइसकेको छ । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पुष्टि गरिसकेको छ ।

यसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वासबाट, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाय अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।

धेरै भीडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने, नियमित मास्क लगाउने, दुई मिटर टाढाको सामाजिक (भौतिक) दूरी कायम गर्दा रोगबाट बच्न सकिने बताइन्छ ।