२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्राकृतिक जीवनशैली अपनाए कोभिड–१९ बाट बच्न सकिन्छ’

२०७८, २० बैशाख सोमबार ०९:२५

पूर्णप्रसाद मिश्र । वैशाख २०, काठमाडौं । कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजले आज भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारीमा तनाव व्यवस्थापन, योग, ध्यान  र आयुर्वेदबाट समाधान’ विषयक प्रवचन कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा विषय समितिका अध्यक्ष डा हरिप्रसाद पोखरेलले अप्राकृतिक जीवनशैलीकै कारण विश्वभर कोभिड–१९ जस्ता रोग बढेको बताउनुभयो ।

कोभिडको दोस्रो लहरपछि अरु पनि यस्तै रोग आउने भएकाले प्राकृतिक जीवनशैलीमै फर्किएर यसबाट समाधान निकाल्न सकिने उहाँको भनाइ थियो । नेपालीको भान्सा संस्कृति पहिलेदेखि वैज्ञानिक रहेकामा आधुनिकताका नाममा पछिल्लो समय केही संस्कार बिर्सन थालेकाले पनि मानिसमा रोग बढ्न थालेको छ । बेसार, अदुवा, आलस, सिलाम, तिल, जस्ता ९० देखि १०० औषधिजन्य बीज सूक्ष्म पोषक तत्वयुक्त चीजबीजलाई फेरि भान्सामा फर्काउनुपर्नेमा पोखरेलले जोड दिनुभयो । सुत्केरीलाई खुवाउने बत्तीसा मसला भने अहिले पनि उपयोग भइरहेको छ ।

“वैदिक कृषि प्रणालीलाई पनि ५० वर्षअघिदेखि हटाएर उत्पादन बढाउने नाममा रासायनिक मल भित्र्यायौँ, एक लिटर दूध दिने गाईलाई तीन लिटर दूध दिने बनायौँ, यसैबाट रासायनिक विषादी आएर मानिसलाई रोगी बनाउन थाल्यो, यसैले अब जैविकसमेत भनिने वैदिक कृषि प्रणालीमा फर्कन जरुरी छ”, उहाँले भन्नुभयो ।

जीराका गेडा पिनेर महिनौँ त्यही धुलो प्रयोग गर्ने, पहिले स्वस्थकर मिठाईका रुपमा सेल रोटी प्रयोग हुने गरेको थियो । तरकारी पकाउँदा मेथी, खुर्सानी, लसुनजस्ता चीज डढाउनाले समेत रोग निम्त्याउने गरेको छ । सेल रोटी थोरै गुलियो र तेलमा बन्न सक्थ्यो त्यसलाई छाडेर धेरै गुलियो र चिल्लो प्रयोग हुने मिठाईका पछि लाग्दा समेत रोग बढ्न थालेकाले सचेत हुन उहाँले आह्वान गर्नुभयो । पहिले नेपाली मिठाईका रुपमा प्रयोग हुने खीरको प्रचलनसमेत घट्न थालेको छ । 

तयारी भोजन मृत्युको पनि तयारी 

चाउचाउ, चिजबल, बिस्कुटजस्ता ‘फास्ट फुड फास्ट डेथ’ का कारण बनेको पोखरेलले ठोकुवा गर्नुभयो । चिनी दिनमा पाँच ग्रामभन्दा बढी खाए बारुदको रुप लिने वैज्ञानिकले नै भन्न थालेकाले यसतर्फ सचेत हुनुपर्ने भएको छ । एक मिनेट उमालेको चाउचाउले मानिसको आयुको एक महिना लुट्न सक्ने भएकाले सचेत हुन उहाँको सुझाव थियो । चाउचाउको विकल्पमा परम्परागत नुडल्स प्रयोग गर्न सकिने उहाँको भनाइ थियो । यस्ता नुडल्स चोकटबाट बन्ने हुनाले स्वास्थ्य राम्रो हुन्छ ।  

स्मार्ट मोबाइलबाट टिकटक बनाएर पोष्ट गर्नेले स्वास्थ्य ठीकठाक राख्नका लागि उपयोग नगर्ने भएकाले पनि जीवनमा समस्या आउने गरेको छ । टेबुलमा बसेर काम गर्नेका लागि दैनिक तीन ग्राम नुन भए पुग्छ । श्रम गर्नेका लागि दैनिक पाँच ग्रामसम्म नुन चाहिने भए पनि बढी प्रयोग गरेर स्वास्थ्यमा खराबी आएकामा उपयोगकर्ता नै सजग हुन सकेका छैनन् ।

एक पाउ आटामा जति पोषक तत्व पाइन्छ, डेढ किलो मैदामा पनि त्यो तत्व नपाइनेमा पनि सजग हुनुपर्ने छ । “खैरो चामलमा मुटुलाई रक्षा गर्ने तत्व छ, भिटामिन बी १२ पाइन्छ, खैरो खुर्केर पशुको दानामा मिसाएर हामी सेतो चामल प्रयोग गरिरहेका छौँ, यसो गर्नु गलत हो”, उहाँको भनाइ थियो ।

हाल मानिसको मन चलेको छ, शरीर चल्दैन भन्दै पोखरेलले मन नचलेर शरीर चले स्वस्थ भइने सूत्र सुनाउनुभयो । पहिले नहिँडी काम चल्दैन थियो, बिहानी हिँडाइ थिएन । नब्बे वर्ष पुग्दा स्वस्थ जीवन हुन्थ्यो गाउँमा, कुटो र कोदाली, उकाली र ओराली नै लामो जीवनयापन गर्ने मुख्य सूत्र भएको उहाँले सुनाउनुभयो । अहिलेका मानिस २० मिनेटको बाटोका लागि ४० मिनेट ट्याम्पो कुरेर बस्छन् ।

शरीरको व्यायामका लागि योगासान, श्वासप्रश्वासका लागि प्राणायाम र मनको व्यायामका लागि ध्यान गरे स्वस्थ एवं दीर्घ जीवनयापन गर्न सकिने भएकाले नियमिततामा ध्यान दिनुपर्ने पोखरेलको भनाइ थियो । योगासन, प्राणायाम र ध्यानको संस्कार नेपालीले बिर्सेको सयाँै वर्ष भइसकेको छ ।

रोग प्रतिरोधक क्षमता बढाउन अङ्कुरित गरिएका खाद्यपदार्थ खाने, दही, मोही, खाने भए बिहान खाने बेलुकी नखाने, पानी परेका दिन दही, मोही नखाने, बिहान, बेलुका मन तातो पानीले नुहाउने, बाहिर गई आएपछि कपडा बदल्ने जस्ता जीवनशैली अपनाउनुपर्ने प्राकृतिक चिकित्सक पोखरेलको सुझाव छ । कोरोना तीव्र गतिमा बढाउन चुरोट र रक्सी बढी माध्यम बनेकाले सङ्कल्प गरेर छाड्न पनि उहाँले सुझाव दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा