Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख २१ गते, राति ९:४५ बजे काठमाडौँ - KTM, समाज

कोरोनाबाट क्योकुसिन कराते खेलाडी बज्राचार्यको निधन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>वैशाख २१, काठमाडौँ (रासस) । कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । उहाँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।</p><p>यही वैशाख १६ गते कोरोनाबाट संक्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएकामा निको नभएपछि वैशाख १९ गते थप उपचारका लागि सशस्त्र प्रहरी&nbsp; अस्पताल लगिएको ओलम्पियन दीपक महर्जनले जानकारी दिनुभयो ।&nbsp;</p><p>बज्राचार्यले सन् १९८२ मा सिंगापुर तथा सन् १९८४ मा इण्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुभएको थियो । </p><p>इन्डोनेसियामा सम्पन्न प्रतियोगितामा उहाँले कास्य पदक प्राप्त गर्नुभएको थियो । विसं २०३९ देखि क्योकुसिन कराते खेल्दै आउनुभएका बज्राचार्य दुई पटक राष्ट्रिय च्याम्पियन बन्नुभएको थियो ।&nbsp;</p>