२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेतृत्वमा बन्ला नयाँ सरकार ?

२०७८, २२ बैशाख बुधबार ०२:१९

बैशाख २२, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ। यसअघि कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय गरेको थियो। यतिमात्रै होइन, केन्द्रीय समितिले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको थियो।  

राजनीतिक अविश्वास र संकट चुलिँदै गएका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेका छन्। विपक्षी दलहरू अविश्वासको प्रस्ताव ल्याउन हिचकिचाइरहेका बेला प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका हुन्।  

प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत पाउलान् रु संसद्मा रहेका अन्य दलहरूको मात्र होइन, प्रधानमन्त्री ओलीकै पार्टी एमालेभित्र विवाद भएकाले आफ्नै सांसदको मत पनि उनको पक्षमा पर्ने स्पष्ट छैन। वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितले पार्टी अध्यक्षका रूपमा ओलीले विगतमा गरेका निर्णय नसच्याए सामूहिक राजीनामा गर्ने बताउँदै आएका छन्।

माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। माओवादी स्थायी समिति बैठकले ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने र यसबारे बुधबार संसद् सचिवालयलाई जानकारी गराउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी कांग्रेसले पनि ओली सरकारको विपक्षमा उभिने निर्णय गरेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने निर्णय कांग्रेस पार्टी पदाधिकारी बैठकले गरेको छ। सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको पदाधिकारीसहितको बैठकले प्रधानमन्त्रीको पक्षमा बहुमत पुग्न नदिन अन्य राजनीतिक दलसँग छलफल अघि बढाउने निर्णय गरेको हो।

‘प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २७ गते संसद्को बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन कांग्रेसले पहल गर्ने निर्णय भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘केन्द्रीय सरकारकै निर्देशनमा जुनखाले असंवैधानिक क्रियाकलाप प्रदेशमा भएको छ, त्यसको हामीले भत्र्सना पनि गरेका छौं।’ ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरूमा पनि अल्पमतमा परेपछि पनि जबरजस्ती सरकार बनाएको कांग्रेस आरोप छ।  

त्यसो भए के केन्द्रमा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुन्छ त ? कांग्रेस केन्द्रीय समिति बैठकले पनि ओली सरकारको विकल्पमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पहिले नै गरिसकेको छ। तर नयाँ सरकारको साँचोका रूपमा रहेको जनता समाजवादी पार्टी ओली सरकारको विकल्प खोज्नेमा अहिलेसम्म एकमत छैन।

जसपामा उपेन्द्र यादव, बाबुराम भट्टराई ओली सरकारको विपक्षमा देखिएका छन्। तर महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेता ओली नेतृत्वको सरकारको पक्षमा लचिलो देखिएका छन्। जसले गर्दा कांग्रेस, माओवादीसहितका दलहरू प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हिचकिचाउँदै आएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा