पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २२, काठमाण्डौ | सरकारले भारतबाट नेपाल आउने यात्रुका लागि काठमाण्डौका आठ वटा होटललाई क्वरेण्टीनका रूपमा तोकेको छ । २३ गते बिहीवारदेखि अरू सबै अन्तर्राष्ट्रिय उडान बन्द भए पनि भारतबाट भने हप्तामा दुई वटा उडान हुनेछन् ।

भारतबाट आउनेहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ वटा होटल तोकेको हो । गोदावरीको भ्यु भृकुटी, गुहेश्वरीको माधव होटेल, एअरर्पोटको एअरर्पोट होटेल, गौशालाको अमादब्लम होटेल, गौशालाकै रिडर्स इन र आनन्द आश्रम, जगातीको फार्म हाउस रिर्सोट र जगातीको ए–वान रिर्सोटलाई होटेल क्वरेण्टीनका रूपमा तोकिएको छ ।

यी होटलले ग्राहकबाट भ्याट र सेवा शुल्कसहित प्रतिदिन तीन हजार रुपैयाँका दरले शुल्क लिन पाउनेछन् । विमानस्थल आउजाउको लागि यातायात सुविधा र खाना तथा बस्नको प्रबन्ध हुनेछ ।

भारतबाट आएका यात्रु १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ । उनीहरू क्वरेण्टीन बसे/नबसेको पर्यटन बोर्ड, पर्यटन विभाग र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरेर दैनिक प्रतिवेदन सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेस गर्नुपर्नेछ । १० दिन क्वरेण्टीनमा नबसेको पाइएमा तत्कालै कारबाही गरिने मन्त्रालयले जनाएको छ ।