Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ बैसाख २२ गते, अपराह्न ४:५७ बजे काठमाडौँ - KTM, समाज

सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २२, काठमाडौं । नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९  संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि  निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि  सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको  छ ।

सोही क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाका अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२  पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त  स्वास्थ्यकर्मीलाई  राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने  गरी तयारी हालतमा रहन आग्रह गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको स्वास्थ्य सेवाबाट उक्त अवधिमा अवकाश हुनेको संख्या ३२० हाराहारी छ । सेनामा उपरथी दर्जाका नेतृत्वमा रहेको स्वास्थ्य निर्देशनालय छ । हाल सेनाको स्वास्थ्य सेवा विभागमा दुई हजारभन्दा  बढी  जनशक्ति कार्यरत रहेको जनाइएको छ ।

सेनाको हाल बाहिनी मातहतका १६  फिल्ड एम्बुलेन्स अस्पताल,  इटहरी, पोखरा र नेपालगञ्जमा क्षेत्रिय अस्पताल तथा धनगढी र बर्दिबासमा सेटलाइट अस्पताल सञ्चालनमा छन् ।  काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महाङ्कालमा त्रिचन्द्र मिलिटरी अस्पतालले समेत दुर्घटना तथा अन्य आपत्कालीन  अवस्थामा सर्वसाधारणलाई मानवीयरुपमा  स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको छ ।