२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सङ्क्रमितको उपचार नगरी फर्काइदियो : बिरामी जङ्गल छेउका टहराम

२०७८, २३ बैशाख बिहीबार १५:५७

 वैशाख  २३, विजय रावत, खलङ्ग (रासस) । जुम्लाको सिंजा गाउँपालिका – २ का कोरोना सङ्क्रमित स्थानीयवासिलाई पालको बासमा राखिएको पाइएको छ । सङ्क्रमितलाई अस्पतालको आइशोलेसन श्यमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन् । 

सिंजा गाउपालिका –२ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पातलले घर पठाइ दिएपछि अहिले उनी पालमा बसिरहेका छन् ।  घरमा छुट्टै बस्ने संरचना नभएपछि जंगलको छेउमा पाल बनाएर बसेका हुन् ।

तिरुवालाई उपचारार्थ सो गाउँपालिकाले नौ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ  पु¥याएको थियो । अस्पतालमा  कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि श्यया हुँदाहुदै घर पठाईदिएको उहाँले आक्रोस पोख्नुभयो । अस्पतालको श्यामा बसेर सजिलो होला भनेको त घर पठाइदिने निर्णय गरेपछि त्यहाँको नियम र व्यवहार प्रति आफु अपहेलित भएको उहाँले बताउनुभयो ।

उहाँ भन्नुभयो,“ प्रतिष्ठानका चिकित्स्कले मलाई स्थानीय तहको आइसोलेशन श्ययामा राख्नुपर्ने भनेर फर्कादिए  । म जस्ता व्यक्तिहरुलाई त यस्तो गर्छन, अरुलाई के गरे होलान् ।” त्यहाँ पुगको राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासङ्घको टोलीलाई गुनासो गर्दे उहाँले कोरोना सङ्क्रमितलाई आइशोलेसनमा बस्ने व्यवस्था गर्न पहल गरिदिन   अनुरोध गर्नुभयो । 

सिंजा – २ का वडाध्यक्ष नविन शर्माले भन्नुभयो “ हामीले कोरोनाको शंका मानेर  प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न पठायौँ ।  बिरामी फिर्ता पठाइदिएपछि हामीलाई हैरान भयो । गाउँमा दौडादौड हुन्छ । ”उहाँले आइशोलेसन हुने प्रकारका घर र संरचना नभएको बताउनुभयो । गाउँपालिकामा  पाँच श्ययाको अस्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो,“सङ्क्रमित व्यक्ति राख्ने भन्ने सोच हो ।  पूर्वाधार छैन । अक्सिजन र अन्य सामाग्री अस्पतालमा नभएकाले समस्याले यो समस्या खडा भएको हो । ” 

बिरामीलाई रगतमासी देखिएको भनेपछि औषधी पठाएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा राजिव शाहका अनुसार प्रतिष्ठानले अव श्वासप्रश्वास बिना बाच्न नसक्ने बिरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयोे । उहाँले भन्नुभयो,“लक्षण भएका तर कठिन नभएका बिरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका विरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका श्यया अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका बिरामीलाई आवश्यक रहेको छ ।”

अहिले प्रतिष्ठानमा ६६ सङ्क्रमित मध्ये ११ जना अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार भइरहेकोे छ ।  सरकारले बनाएका आइशोलेसन खाली हुँदा पनि भिन्नै पाल बनाएर बसेको जानकारी आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको थियो  । आयोगको अनुगमन टोलीले सङ्क्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षामापदण्ड अपनाएर पालमा बसेका सङ्क्रमति तिरुवाको अवस्था अवलोकन गरेको हो ।  आयोग अधिकृत धनराज शाही र किरण बराम सहित पत्रकार महासंघको टोली पुगेर पालको बसाइ र अवस्थाका बिषयमा आफन्तसंग बुझेको छ । यसका साथै आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतिका बिषयमा सिजा क्षेत्रको हिमा, सिंजा गाउँपालिकाका जनप्रतिनिधीहरु संग भेटघाट गरी अवस्था अवलोकन गरेको छ ।

अस्पताल र आइशोलेसन हुँदा पनि सङक्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोगका सूचना अधिकारी किरण बरामले बताउनुभयो । अधिकृत  शाहीले स्थानीय तहमा परीक्षणका लागि कीट अभाव भएको पाइएको बताउनुभयो । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिंजा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टर आउन नमान्ने भएकाले समस्या भएको जानकारी दिनुभयो  ।

गत बर्षकै जस्तो कोभिड रोकथामका लागि गाउँपालिका तयारी भएको  गाउँपालिकाले जनाएको छ ।हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वडाध्यक्षलाई वडामा सूचना सम्पर्क व्यक्तिको रुपमा तोकिएको र कुन गाउमा को आउछन सो अनुसार तथ्यांक अद्यावधिक गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाले स्वास्थ्य जनशक्ति परिचालन गरिएको र जाँचका लागि कीटको अभाव भइरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा