Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

संक्रमण भयावह हुने संकेत

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २४, काठमाडौं । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवाली अहिले धमाधम घर फर्किरहेका छन् ।

भारतबाट फर्केका उनीहरु बिना चेकजाँज सीधै आआफ्नो घर गइरहेका छन् ।

उनीहरुको व्यवस्थापनको लागि स्थानीय तहहरुले खासै ध्यान दिएको देखिदैन ।

भारतबाट आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा नै बस्नुपर्ने भनिएकाले उनीहरु आआफ्नै घरमा बस्न लागेका हुन् ।

तर, घरमा छुट्टै बस्नुपर्ने भनिए पनि सुदूरपश्चिमका ग्रामीण भेगका घरमा  एक वा दुई कोठा मात्रै हुने भएकाले सबै सँगै बस्नुपर्ने बाध्यता हुन्छ ।

ट्वाइलेट र धारा समेत संयुक्त प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यसैले भारतबाट आएका व्यक्तिलाई कोरोना भाइरस देखिए सबै परिवारलाई सजिलै संक्रमण हुने देखिन्छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।