Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

ओली मौन बस्दा…

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २५, काठमाडौं । नेकपा एमालेका युवा नेता आन्तरिक विवाद समाधान गर्ने प्रयासमा खटिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली मौन बस्दा समस्या समाधानमा कुनै प्रगति हुन सकेको छैन ।

दुई दिनदेखि विवाद मिलाउन कस्सीएका नेता एमालेको पुरानै पार्टी संरचना अन्तर्गत बैठक राखेर त्यहीँबाट समाधान खोज्ने पक्षमा सकारात्मक बने पनि ओली मौन बस्दा उनीहरूको प्रयाससमेत निरर्थक बनेको छ । एमालेको नेपाल–खनाल पक्ष विवाद मिलाउन सबैभन्दा पहिले २०७७ फागुन २८ गतेको निर्णय सच्चिनु पर्ने अडानमा छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले फागुन २८ को निर्णय सच्याउन असहमति जनाएपछि शुक्रबार हुने भनिएको ओली–नेपाल निर्णायक वार्तासमेत हुन सकेन । बालुवाटारमा दोस्रो तहका नेताले कार्यदल बनाएर विवाद निरुपण गर्नेसम्मको विषयमा छलफल गरे पनि शुक्रबार यसले निकास पाउन सकेन ।

बालुवाटार निकट स्रोतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रमुख सचेतक विशाल भट्टराई, मन्त्रीहरू पार्वत गुरुङ, लीलानाथ श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, छविलाल विश्वकर्मा लगायतले ओलीलाई विवाद मिलाउन दबाब दिएका थिए ।

उनीहरूले फागुन २८ गते गरेकै निर्णय पुरानै केन्द्रीय कमिटीको बैठक राखेर गर्न र पार्टीलाई सुरुकै अवस्थामा ल्याउनुपर्ने नेपाल पक्षको माग सम्बोधन गरेर अघि बढ्न आग्रह गरे पनि ओली त्यसमा सहमत हुन सकेनन् ।

शुक्रबार दिनभर दुवै पक्षका दोस्रो तहका नेता छलफलमै क्रियाशील थिए । नेपाल पक्षले माओवादी केन्द्रसँग एकीकरण हुनु पूर्वकै सांगठनिक संरचना क्रियाशील बनाउनुपर्ने अडान कायमै राखेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।