Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन २७ गते, दिउँसो १:०० बजे
काठमाडौँ - KTM

घुस लिंदा लिँदै रंगेहात पक्राउ परेका नासु र अमिनविरुद्ध मुद्दा

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा थलामै पक्राउ परेका नापी कार्यालय मनमैंजुका नासु लक्ष्मीप्रसाद पराजुली र अमिन कमलबहादुर खत्रीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अभियुक्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो रु ३० हजार कायम गरी जरिवाना र कैद सजाय मागदाबी लिई आयोगले आज आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

अमिन खत्रीले सरस्वती गाविस–९ को जग्गा हालसाबिक गर्ने सिलसिलामा मालपोत कार्यालयका नासु पराजुलीलाई उपलब्ध गराउनुपर्ने भनी सेवाग्राहीसँग विभिन्न बहानामा रु ३० हजार माग गरिरहेको सूचनाका आधारमा घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । रासस