Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने, के हो कालो ढुसी ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २०, काठमाडौं । तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ?  सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ ।

केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ । कोरोना संक्रमित या संक्रमण भइसकेको व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयले आँखाको दृष्टिसमेत गुमेको चिकित्सकले औंल्याएका छन् ।

के हो कालो ढुसी ?

फलफूल तथा तरकारी कुहेको फोहोर र प्रदूषित वातावरणमा कालो ढुसी पाइन्छ । यो ढुसी छोएको हात सफा नगरी नाक छोएमा सोही माध्यमबाट शरीरका अन्य भागमा पुग्छ । चिकित्सकका अनुसार सुरुमा नाक, त्यसपछि नाकको हड्डी छेडेर आँखाबाट ब्रेन (मष्तिक)मा समेत कालो ढुसीको संक्रमण हुन्छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।