Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ जेठ २१ गते, बिहान ८:१८ बजे काठमाडौँ - KTM, समाज

‘नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको छैन’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २१, काठमाडौं । सरकारले नेपालमा हालसम्म कोरोनाको नयाँ भेरिएन्ट पुष्टि नभएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बेलायती मिडियामा आएको भनिएजस्तो कोरोनाको नयाँ भेरिएन्ट हालसम्म देखा नपरेको जानकारी दिए ।

बेलायतको डेलीमेलले कुनै स्रोत उल्लेख नगरी नेपालमा भेरिएन्ट भेटिएको भन्दै समाचार दिएपछि मन्त्रालयले यसबारे स्पष्ट पारेको हो ।

नेपाल भेरिएन्टबारे कुनै जानकारी भए सूचित गर्न बेलायतको अन्तर्राष्ट्रिय  स्वास्थ्य हेर्ने निकायसँग माग गर्दै पत्र पठाइएको र उताबाट त्यसको जवाफ नआएको डा. पौडेलले जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।