२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने

२०७८, २१ जेष्ठ शुक्रबार ०२:३५

 जेठ २१, काठमाडौं । काठमाडौँ उपत्यकामा असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ । आयोजनाको कार्यविधि (प्रोटोकल)अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले केही समयका लागि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले करिब तीन महिना पानी वितरण भइसकेपछि सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छ÷छैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि केही समयका लागि पानी वितरण अवरुद्ध हुने जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते काठमाडौँमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गरेका थिए ।

निर्देशक श्रेष्ठले भने, “निर्माण कम्पनीसँगको सम्झौताअनुसारको कार्यतालिकाभित्रकै यो काम हो । यो काम पहिला नै गर्नु पर्दथ्यो तर काठमाडौँवासीको लामो समयदेखिको व्यग्र पर्खाइ तथा सुक्खा याममा उपत्यकामा पानीको सहजताका लागि तीन महिना पानी वितरण गरेर सुरुङको निरीक्षण तथा मर्मत गर्न लागिएको हो ।” सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ ।

कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका चारवटा फ्लसिङ टनेलबाट बाहिर निकाली त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए/नभएको अध्ययन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । 

उनले भने, “निर्माण कम्पनीसँग भएको सम्झौताको कार्यविधिमा नै आयोजनाको अन्तिम सुरुङमा पानी पठाएर खाली गरी निरीक्षण गर्ने, क्षति भएको अवस्थामा मर्मत सम्भार गर्ने र त्यसपछि कुनै समस्या नभएमा पुनः पानी भरी वितरण गरेपछि मात्र आयोजना सफल हुन्छ ।’’

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा