२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले एकता वा विभाजन : ‘बल ओली कोर्टमा’

२०७८, २१ जेष्ठ शुक्रबार ०३:०३

जेठ २१, काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहका नेताले पार्टी विवाद समाधान गर्न बल अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा भएको बताएका छन्। बिहीबार समूहका केन्द्रीय सदस्यको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा मात्रै संवाद गर्ने, विभिन्न प्रलोभन देखाउने तर संकट टरेपछि पुरानै स्वभाव देखाउने भएकाले उनलाई विश्वास गर्न नसकिने बताए। उनीहरूले विश्वासिलो आधार तयार पारी विवाद सुल्झाउन ओली नै अग्रसर हुनुपर्नेमा जोड दिए।

नेता माधव नेपाल निकटका केन्द्रीय सदस्य विरोध खतिवडाका अनुसार बैठकमा ओलीले जालझेल गरेको, २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउछु भनेर पाँचचोटि भनेको तर नफर्काएको, जसले गर्दा विश्वास गर्ने आधार नभएको धारणा आएको थियो। ‘आज चारपाँचथरी विषय उठेका छन्। मुख्यगरी ओलीले विश्वास गुमाएको कुरा उठेको छ।  

नेताहरूलाई कारबाही गर्ने अनि वार्ताको कुरा गरेर अलमल्याउने कुरा उठेको छ। संविधानविपरीत कार्य गरेको कुरा उठेको छ। तर पनि सम्मानजनक एकताको विषयमा साथीहरू एकमत हुनुभएको छ। सम्मानजनक एकता नभए विकल्पको विषय पनि तदारुकताका साथ उठेको छ’, उनले भने।

खतिवडाका अनुसार अहिले नै सबै विषय टुंग्याउने भन्दा पनि संवादको नाममा अलमल्याउने काम गर्न नहुने धारणा अधिकांशले राखेका थिए। ‘ओलीले धेरैजसो समय संकटका बेला मात्रै जेठ २ मा फर्कन्छु भन्ने संकट टरेपछि पुरानै अवस्थामा फर्कने गरेका कारण विश्वास गर्ने आधार नभएको हो। यो विषय टड्कारो रूपमा उठेको छ’, खतिवडाले भने।

केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार बैठकमा मुख्यगरी ६ वटा विषय उठेका छन्। २०७५ जेठ २ गतेको सांगठनिक संरचनामा फर्कन सबैजसो नेता सहमत छन्। त्यसका लागि ओलीले विश्वासको वातावरण बनाउनुपर्ने, पार्टी विभाजन गर्नुहुँदैन भन्नेमा सबैको सहमति तर माथिदेखि तलसम्म विचार समूहको आधारमा सम्मानजनक एकता नभए विकल्प दिनुपर्ने, नेताहरूमाथि भएको कारबाही फिर्ता गर्नुपर्ने, अध्यादेशलगायत संसद् विघटनजस्ता प्रकरणमा भएका कमजोरी स्वीकार गर्नुपर्ने विषयले बैठकमा प्राथमिकता पाएका थिए।

‘पार्टी २०७५ जेठ २ को अवस्थामा फर्काउँछु मात्र भनेर हुँदैन। सबै संरचनालाई जेठ २ मै फर्काउनुपर्छ भन्नेमा सबै नेताको एउटै धारणा रहेको छ।

साथै तलदेखि माथिसम्म सम्मानजनक अवस्थामा विवाद निरूपण हुनुपर्ने कुरा उठेको छ। साथीहरू पार्टी विभाजन हुनुहुँदैन भन्नेमा सहमत हुनुहुन्छ’, गैरेले भने। उनका अनुसार ओली पक्षसँग संवाद गरिरहेका नेताहरूले पनि बिहीबारको बैठकमा अहिलेसम्मको प्रगतिबारे जानकारी गराएका थिए।   यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा