Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ जेठ २४ गते, राति ९:२६ बजे काठमाडौँ - KTM, समाज

होम डेलिभरी नरोक्न अन्तरिम आदेश

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २४, काठमाडौँ (रासस) । सर्वोच्च अदालतले  कोभिड –१९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय सपना मल्ल र डा कुमार चुँडालको इजलासले आज सामान बिक्रीवितरण नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ,“सामाजिक दूरी, मास्क, स्यानिटाइजर, पिपिइलगायतका साधनको प्रयोग गरी खरीदबिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने  कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्नू ।”

बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घर बाहिर जानु नपर्ने स्थिति सिर्जना गर्नका लागि अनलाइनका माध्यमबाट खरीदबिक्री तथा होम डेलिभरी प्रदान गर्नमा रोक लगाउन उपयुक्त नहुने आदेशमा जनाइएको छ ।