Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ जेठ २५ गते, साँझ ८:४१ बजे काठमाडौँ - KTM, समाज

बौद्धमा बोरा भित्र हालिएको अवस्थामा मानिसको खुट्टा फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २५, काठमाडौँ | काठमाडौँ महानगरपालिका–६ बौद्धको नयाँबस्ती नजिक फोहोर फाल्ने गरेको जग्गामा मानिसको घुँडाभन्दा मुनिको भाग फेला परेको छ । उक्त घटनाको विषयमा विस्तृत विवरण खुलिसकेको छैन ।

प्रहरी प्रधान कार्यालकया अनुसार स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी टोलीले बोरामा हालेको अवस्थामा मानिसको खुट्टा फेला पारेको हो ।

उक्त घटनामा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ । अनुसन्धानमा परिसर सँगै प्रहरी वृत्त बौद्ध र महानगरीय अपराध महाशाखाको टोलीसमेत संलग्न छ ।

यसैबीच काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोट बस्ने ५२ वर्षीया वैष्णवी फुँयाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।