२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसमा सात युवा नेताको प्रस्ताव : वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान

२०७८, २६ जेष्ठ बुधबार ०२:२४

जेठ २६, काठमाडौं । नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४ औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् ।

कोरोना बाहनामा ‘अब महाधिवेशन सार्ने गरी कुनै योजना नबनाउन’ ध्यानाकर्षण गराउँदै उनीहरूले ‘जतिसक्दो छिटो पार्टीमा सल्लाह गरेर महाधिवेशनबारे निर्णय लिन’समेत आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका युवा नेता प्रदीप पौडेलले ‘महाधिवेशन गर्नुको विकल्प नभएको’ भन्दै ‘प्रक्रियामा विकल्प खोजेर भए पनि निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गरिनुपर्ने’तर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको जानकारी दिए ।

‘महाधिवेशन विषय अन्योल भयो, महामारीकैबीच प्रक्रियामा विकल्प खोजेर भए पनि गरौं भनेर सभापतिलाई भनेका छौं,’ नेता पौडेलले राजधानीसँग भने, ‘सभापतिज्यूले पदाधिकारी बैठक बोलाएर छलफल गर्छु भन्नु भएको छ ।’

अर्का केन्द्रीय सदस्यसमेत रहेका युवा नेता धनराज गुरुङ ‘संविधानले दिएको व्यवस्थासमेत पार्टीले उपयोग गरिसकेकाले पार्टी वैधानिकता जोगाउनकै लागि भए पनि वैकल्पिक प्रक्रियाबाट महाधिवेशन गर्न’ सभापतिलाई सुझाएको बताउँछन् ।

‘अब फेरि महाधिवेशन सार्ने अवस्था छैन, वैधानिकताको पनि कुरा छ, बरु प्रक्रियामा विकल्प खोजौं, वडामा एक बुथका ठाउँमा १० बुथ राखौं,’ पार्टी सभापतिलाई राखिएको प्रस्तावबारे नेता गुरुङले जानकारी दिँदै थपे, ‘७७ वटै जिल्लामा केन्द्र तहका उम्मेदवारलाई मत हाल्ने गरेर व्यवस्था मिलाऔं भनेर सुझाव दिएका छौं ।’

केन्द्रीय तहका नेता छान्न जिल्लाजिल्लामै मतदान गर्नेगरी व्यवस्था गर्न सकिने र प्रतिनिधि संख्याका आधारमा बुथ तय गरी निर्वाचन प्रक्रियामा जान सकिने उनीहरूले सुझाएका छन् । अधिवेशनमा जाँदा कोरोनाका लागि जारी सुरक्षा मापदण्डा पालना गर्न सकिने उनीहरूको धारणा छ ।

सात युवा नेताको संयुक्त प्रस्तावमा सभापति देउवा सकारात्मक देखिएका छन् । पदाधिकारी बैठक बोलाएर महाधिवेशन विधि र प्रक्रियाबारे आवश्यक निर्णय लिइने उनले आश्वासन दिएका छन् ।  यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु