Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ जेठ २६ गते, बिहान १०:५१ बजे काठमाडौँ - KTM, समाज

आगामी तीन दिनको मौसम पूर्वानुमान

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २६, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाएको छ ।

महाशाखाले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।

महाशाखाले बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही  स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमान गरेको छ । यस्तै, बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहन सक्ने पूर्वानुमानमा उल्लेख छ । भने, देशका केही  स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले शुक्रबार दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका केही  स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, शुक्रबार राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।