२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो लहरले लियो ५ हजारभन्दा बढीको ज्यान

२०७८, २ असार बुधबार ०२:२८

असार २, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ। मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा चैतको तेस्रो सातादेखि यताको तथ्याकंलाई दोस्रो लहरभित्र समावेश गरिएको छ। 

चैतको २० गते अघिसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७९ जना थिए। संक्रमणबाट मृत्यु हुनेहरूमा सवै भन्दा ६० बर्ष माथिको जनसंख्या रहेको मन्त्रालयले जनाएको छ। दोस्रो नम्बरमा ५० देखि माथिका र तेस्रोमा ४० देखि ४९ वर्षभित्रका रहेका छन्।  

गत वर्षको तुलनामा दोस्रो लहरमा साढे दुई महिनाको अवधिमा ५ हजारभन्दा बढीको मृत्यु भएको मन्त्रालयको अभिलेखमा देखिन्छ। यो हिसाबले गत वर्षको भन्दा यो वर्षको मृत्युदर कम समयमा करिब दोब्बर देखिन्छ।  

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर २० प्रतिशत रहेको छ। परीक्षण भएका १३ हजार २ सय ९० वटा नमुनामध्ये २ हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको हो। 

थप संक्रमितसहित नेपालमा दोस्रो लहरको अवधिभित्र ३ लाख ८० हजार ८ सय ३६ जना संक्रमित भएका हुन्। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ३४ हजार ६ सय ५ जना पुगेका छन्। 

संक्रमित मध्येमा ५ लाख ८ हजार ८ सय ४६ जना होम आइसोलेसनमा, ४ हजार ३ सय ८९ संस्थागत आइसोलेसनमा र ९ सय ६७ आइसियुमा भर्ना भएका छन्। तीमध्येमा २ सय ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।  यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी