Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २४ गते, बिहान ७:४७ बजे
काठमाडौँ - KTM

द्वन्द्वपीडितलाई न्याय दिने प्रधानमन्त्री देउवाको भनाई !

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोगले ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताएका हुन्।

‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी छ, हामी न्याय दिन तयार छौं,’ प्रधानमन्त्री देउवाले भनिन्, ‘पीडितका परिवारलाई न्याय दिनेछौं, त्यसका लागि के गर्न सकिन्छ त्यो गर्नेछौं।’ उनले मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने कार्यमा सरकार लागिपरेको र मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिका अपराधका दोषीलाई कारबाही गर्ने काम भइरहेको बताए।