पढ्न करिब 1 मिनेट लाग्छ

पुस २, काठमाडौँ |  सरकारले आगामी आइतबार पुस ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश (धान्यपूर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदाबारे जानकारी गराएका छन्। पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।