Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ पुष ०३ गते, दिउँसो २:५० बजे काठमाडौँ - KTM, समाज

प्रसिद्ध उपन्यास ‘एक चिहान’ को मञ्चन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ३, काठमाडौँ |</b> कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको प्रसिद्ध उपन्यास ‘एक चिहान’ देखाउन थालिएको छ ।&nbsp; साँस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरूलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न सो उपन्यासलाई नाट्यमा रुपान्तरण गरी मञ्चन गरिएको हो ।<br></p><p>काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबारबाट सो नाटकको मञ्चन सुरु गरिएको छ । वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास तत्कालीन समयमा नेपाल खाल्डो अर्थात् काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ । सामाजिक जागरण र प्रगतिशील विचारहरु यस उपन्यासमा रहेका छन । साँस्कृतिक संस्थानका वरिष्ठ कलाकारहरुको अभिनय रहेको नाटकलाई कलाकार वीरेन्द्र हमालले निर्देशन गरेका छन् ।</p>