Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ माघ ०३ गते, अपराह्न ५:४२ बजे
काठमाडौँ - KTM

नयाँ रक्षा सचिव शर्माको पद बहाली

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ ३, काठमाडौँ | नयाँ रक्षा सचिव किरणराज शर्माले सिंहदरबास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । मन्त्रालयमा उहाँलाई सहसचिव बाबुराम अधिकारीलगायत कर्मचारीले स्वागत गर्नुभयो । सरकारले केही दिनअघि उहाँलाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।&nbsp;<br></p><p>यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पुस १४ गतेदखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिव पद खाली थियो । यसबीचमा सहसचिव अधिकारीले निमित्त सचिवका रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । यसैबीच, प्रधानसेनापति प्रभुराम शर्माले नयाँ रक्षा सचिव शर्मालाई आजै भेटेर बधाई ज्ञापन गर्नुभएको छ ।</p>