Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ०७ गते, दिउँसो १२:३१ बजे
काठमाडौँ - KTM

इन्टर कलेज फुटसलको उपाधी आर आर क्याम्पसलाई

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ७, काठमाडौँ । पवन प्रकृती कलेजलाई फाइनलमा १ गोलका विरुद्ध ७ गोलले पराजित गर्दै आर. आर. क्याम्पसले उपत्यका स्तरीय इन्टर कलेज `रेवुलुस्नरी कप’को उपाधी जितेको छ । अखिल(क्रान्तिकारी)द्वारा आयोजित फुटसल प्रतियोगितामा आर आर कलेजले १५ हजार नगद पुरस्कार प्राप्त गरेको हो ।

मध्य बानेश्वर स्थित बानेश्वर फुटसल तथा रिक्रीएसन सेन्टरमा आयोजित उक्त प्रतियोगितामा दोश्रो भए बापत पवन प्रकृती कलेजले ३१००० नगद तथा विश्वभाषा क्याम्पसले तृतीय स्थान हासिल गर्दै ५१,००० नगद पुरस्कार हासिल गर्यो ।

३४ टीम सहभागी भएको प्रतियोगिता भर आर आर क्याम्पसले ३३ गोल हान्दै ३ गोलमात्र खाएको थियो।समापन समारोहमा माओवादी केन्द्र शशक्त नेता एवं पुर्व उर्जामन्त्री टोप बहादुर रायमाझीले खेलाडीहरुलाई पुरस्कार वितरण गरेको अखिल(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य नरेश रेग्मीले जानकारी दिए ।