माघ १८, काठमाडौँ । दृष्टिविहीन टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । 

भारतको नयाँदिल्लीमा भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १८, काठमाडौँ । दृष्टिविहीन टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । 

भारतको नयाँदिल्लीमा भए"/>

2026-06-23 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दृष्टिविहीन क्रिकेटः नेपाल अस्ट्रेलियासँग पराजित

2017-01-31

माघ १८, काठमाडौँ । दृष्टिविहीन टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । 

भारतको नयाँदिल्लीमा भएको खेलमा अस्ट्रेलियाले नेपाललाई १० विकेटले पराजित ग¥यो । नेपालले दिएको १४४ रनको लक्ष्यलाई अष्ट्रेलियाले १२ दशमलव ४ ओभरमा कुनै विकेट नै नगुमाई भेट्टायो । 

नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार गरेको थियो । नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले ३४ रनको योगदान दिए । त्यस्तै कृतन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ तथा सुनिल थापामगरले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । 

अष्ट्रेलियाका लागि भने म्याथ्यु जेम्स क्यामरुनले ६८ तथा स्टेफन लियो पालमरले ४८ रन जोडेका थिए । नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार बङ्गलादेशसँँग खेल्नेछ । 

लनटेनिसको उपाधि बज्राचार्य र राणालाई 

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको नवौं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताको उपाधि काठमाडौँका संरक्षकबहादुर बज्राचार्य र ललितपुरकी मायाङ्का राणाले जितेका छन् । 

हल्चोकस्थित लनटेनिस कोर्टमा आज भएको अन्तिम खेलमा बज्राचार्यले एआइएका कुमार अधिकारीलाई ७–५ र ७–६ ले पराजित गर्दै उपाधि जितेका हुन् भने राणाले पोखराकी गङ्गा शर्मालाई ६–४ र ६–२ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् । 

त्यस्तै ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको विधामा ललितपुरका राजु क्षेत्रीले एपिएफका श्रीराम मगरलाई ४–६, ६–३ र १४–१२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको छ । 

यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको अन्तिम खेलमा ललितपुरका कृृष्णराज घलेले हेटौडाका प्रताप मोक्तानलाई ६–४ र ६–१ ले पराजित गर्दै पहिलो स्थान हासिल गरेको छ । 

महिला भलिबल– एपिएफ र पुलिस सेमिफाइनलमा 

सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । 

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयको भलिबल कोर्टमा आज सम्पन्न भएको खेलमा एपिएफले न्यु डायमण्ड एकेडेमीलाई २२–२५, २५–१२, २५–२२ र २५–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

त्यस्तै पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घलाई २५–१२, २५–१९ र २५–२१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू