Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १६ गते, बिहान ९:२५ बजे
खेलकुद

यू-१९ एसिया कपमा‌ नेपालले आफ्नो दोस्रो खेल आज बंगलादेशसँग खेल्दै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले बंगलादेशसँग खेल्दै छ ।

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने प्रतियोगिताको दोस्रो खेल नेपाली समय अनुसार बिहान १०:४५ बजेदेखि दुबईमा सुरु हुने छ ।

यस अघि पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुने छ । उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको हो । नेटोलीको उपकप्तानमा अर्जुन कुमाल छन्। अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।