Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १८ गते, दिउँसो १२:५३ बजे
खेलकुद

एनपीएलमा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ गराएको आरोपमा चार जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार र मंगलबार गरी चार जनालाई नियन्त्रणमा लिएको हो।

सीआईबीका एआईजी दीपक थापाका अनुसार सोमबार पक्राउ परेका दुई जना भारतीय नागरिक हुन् भने मंगलबार पक्राउ परेका थप दुई जनाको विषयमा अनुसन्धान जारी छ।

“हिजो पक्राउ परेका दुई जना भारतीय नागरिक हुन्। आज पक्राउ परेका व्यक्तिहरुलाई कार्यालय ल्याइँदै छ, उनीहरूको सम्बन्धमा थप बुझ्न बाँकी छ,” एआईजी थापाले बताए।

एनपीएलमा सट्टेबाजी र बेटिङ गतिविधि भइरहेको आशंकामा सीआईबीले एक एसपीको नेतृत्वमा विशेष टोली परिचालन गरी छानबिन गरिरहेको छ।