Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर २० गते, दिउँसो १२:२५ बजे
काठमाडौँ - KTM

एनपिएलमा सट्टेबाजी गराउने थप तीनजना कीर्तिपुरबाट पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा सट्टेबाजी गराउन भारतीय गिरोह सक्रिय भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सट्टेबाजी गराएको आरोपमा थप तीन जनालाई पक्राउ गरेको छ।

हिजो त्रिवि क्रिकेट मैदानबाटै पक्राउ परेका उनीहरुलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले बताए। यसअघि सट्टेबाजी गराउने चारजना भारतीय नागरिकलाई पक्राउ परेका थिए।

भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार यसअघि पक्राउ परेका थिए।

स्पोर्टस् बाजी र प्रोबो एपमार्फत उनीहरुले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।