Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर २० गते, दिउँसो १२:३६ बजे
खेलकुद

पोखरा भर्सेस जनकपुर: जिम्मी निशम बने ‘प्लेयर अफ द म्याच’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका जिम्मी निशमले उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’को उपाधि जितेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा जिम्मीले ५ छक्का प्रहार गर्दै ४० रन बनाएका थिए। यो प्रदर्शनको लागि उनलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

त्यसैगरी, ललित राजवंशीले उत्कृष्ट क्षण प्रदर्शन गर्दै ‘एनर्जेटिक मोमेन्ट अफ द म्याच’को उपाधि जिते। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए।

लाहिरु मिलन्थाले ‘सुपर फोर’ अवार्ड जित्दै २५ हजार रुपैयाँ नगदसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर प्राप्त गरे।

‘क्याच अफ द म्याच’ अवार्ड विपिन रावलले आफ्नो नाममा लेखाए। उनले पनि २५ हजार रुपैयाँ पुरस्कार जिते।