पढ्न करिब 1 मिनेट लाग्छ

साउन २१, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपको चौथो चरणका दुई खेलका लागि नेदरल्याण्ड जान लागेको नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले बिदाई गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, खेलकुद मन्त्री दलजित श्रीपाइली लगायतले नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेका छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसीपको चौथो चरणमा नेपालले नेदरल्याण्ड्सँग दुई खेल खेल्नेछ । नेदरल्याण्ड्सको घरेलु मैदानमा हुने खेल आगामी साउन २९ र ३१ गते हुनेछ । नेपालले यसअघि तीन चरणमा ६ खेल खेलिसकेको छ । नेपालको अंकतालिकामा ४ अंक छ ।

आइसीसीले सात एशोसियट मुलुकहरुबीच होम एण्ड अवेको अवधारणामा दुई बर्षसम्म चल्ने गरी प्रतियोगिताको आयोजना गरेको हो । यसलाई सन् २०१९ को विश्वकपको पहिलो छनौट चरणका रुपमा समेत हेरिएको छ ।