पढ्न करिब 1 मिनेट लाग्छ

साउन २३, काठमाडौं । स्पेनिस क्याटलान बार्सिलोनाले लिभरपुलसँग लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार राति भएको मैत्रिपूर्ण खेलमा लिभरपुलले बार्सिलोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलले १५ औं मिनेटमा साडिओ मानेको गोलबाट अग्रता लिएको थियो । बार्सिलोनाका जाभियर मासेरानोले आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर भयो ।

ओरिगी र मार्को गुर्जिकले गोल गर्दै लिभरपुललाई ४-० को पराकिलो जित दिलाएका हुन् ।

लिभरपुलका पूर्व स्ट्राइकर लुइस स्वरेज र लिओनल मेस्सी खेले पनि बार्सिलोनाको हार टार्न सकेनन् । दुबैले ७५ मिनेट मैदानमा विताएका थिए । बार्सिलोना र लिभरपुलको खेल हेर्न वेल्बलीमा झण्डै ९० हजार दर्शक उपस्थित थिए ।