Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १३ गते, राति १०:४३ बजे काठमाडौँ - KTM, मुख्य समाचार

काठमाडौं आइपुगे कमेडियन सुनील ग्रोवर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । भारतका चर्चित कमेडियन तथा अभिनेता सुनील ग्रोवर नेपाल आइपुगेका छन्।

बिहीबार दिउँसो काठमाडौं आइपुगेका उनले भोलि (शुक्रबार) लाइभ प्रस्तुति दिँदैछन्।

होटल एभरेस्टको मैदानमा आयोजित ‘सुनील ग्रोवर लाइभ इन नेपाल’ मा उनले झन्डै ३ घण्टा आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। यो सुनीलको नेपालमा पहिलो लाइभ प्रस्तुति हुने बताइएको छ।

लिक्विट इन्टिलिजेन्स प्रा.लिले यो कार्यक्रम आयोजना गरेको हो।

बेलुका ६ बजेदेखि कार्यक्रम सुरू हुनेछ। कार्यक्रममा ३५ सय दर्शकको उपस्थिति हुने अनुमान आयोजकको छ।

काठमाडौं बसाइमा सुनीलले पशुपतिनाथ मन्दिर पनि दर्शन गर्ने जनाइएको छ। उनी शनिबार भारत फर्किने बताइएको छ।