Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ जेठ २४ गते, अपराह्न ५:५४ बजे
काठमाडौँ - KTM

काठमाडौँमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । काठमाडौंको तारकेश्‍वर नगरपालिका-३ स्थित तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक सडक खण्डमा माइक्रोबस दुर्घटनामा परेको छ ।

प्रहरी वृत्त बालाजुका अनुसार काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस उक्कालोमा ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मेगा ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।