Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ २५ गते, बिहान ११:१८ बजे
काठमाडौँ - KTM

वरिष्ठ कलाकार सुनिल थापाको निधन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली चलचित्रका दिग्गज अभिनेता सुनील थापाको निधन भएको छ । उनको गएराति निधन भएको हो । उनको शव थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा राखिएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए । नेपाली चलचित्र क्षेत्रमा उनको निधनले अपूरणीय क्षति पुगेको कलाकार तथा चलचित्रकर्मीहरूले बताएका छन् । परिवारका सदस्य आएपछि दाहसंस्कारको थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ । उनले नेपाली सँगसँगै भारतीय चलचित्रमा पनि अभिनय गरेका थिए । खलपात्रका रूपमा कुनै समय उनले एकछत्र राज गरेका थिए ।

उनको निधनपछि अभिनेता राजेश हमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ ।’