Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ फाल्गुण ०५ गते, दिउँसो २:१३ बजे
काठमाडौँ - KTM

बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | रोजगारीका लागि उचित तलबमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा रहेकी छन् ।

उनले बेलायत पठाउने भन्दै २ जनाबाट रकम लिएर ठगी गरेको आरोपमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।